ओली प्रधानमन्त्री हुने दिनको संसद बैठक किन सारियो ?

शनिबार, असार २९, २०८१

प्रतिनिधि सभाको आइतबार बोलाईएको बैठक सोमबारलाई सारिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

यसैगरी आइतबार अपराह्न १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्नेगरी तय भएको सचिवालयले जनाएको छ । आईतवार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली नियुक्त हुँदैछ। उनको सोही दिन सपथ पनि हुने कार्यक्रम छ।

450419046_793060213032281_1032434154132240555_n-1720872220.jpg
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्