सोसल मिडिया
युनिकोड
प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको चौथो कार्यकाल आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दाबी प्रस्तुत गर्न तोकिएको समयावधि पूरा गरी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
आज ५ बजेसम्म प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नका लागि राष्ट्रपतिले समय तोकेका थिए। यो समय सकिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त मात्र हुनेछन् । शपथग्रहणको प्रक्रिया सोमबार बिहान गरिनेछ । नियुक्तिअघि अनौपचारिक कार्यतालिका मात्र बनाइएको छ । सोमबार बिहान ११ बजे नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी छ ।
ओली यस अघि वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९, वि.सं. २०७४।११।३ देखि २०७८।१।३०, वि.सं. २०७८।१।३० देखि २०७८।३।२९ सम्म प्रधानमन्त्री भएका थिए।