शेखर खोज्दै गगन पुगे विशालनगर, देउवा संग ४ मन्त्रालय माग्ने 

आइतबार, असार ३०, २०८१

नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा समूहले पार्टीमा कम्तीमा ४ वटा मन्त्रालय माग गरेको छ। 

पछिल्लो राजनीतिक अवस्था र सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। कम्तीमा ४ वटा मन्त्रालय आफ्ना पक्षका नेताहरूले पाउनुपर्ने निष्कर्ष उनीहरूले गरेका छन्। नेता कोइरालाको विशालनगरस्थित सचिवालयमा भएको छलफलले उक्त माग गरेको हो। 

छलफलमा नेताहरू धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्