सोसल मिडिया
युनिकोड
काङ्ग्रेसको शेखर- गगन समूहले चार मन्त्रालयमा मन्त्री पठाउन नाम चयन गरेको छ। नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष नाम बुझाएको श्रोतको भनाइ छ।
बुझाईएका नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी छन् । यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ । चौधरी राष्ट्रपति रामचन्द्र पौडेलको कोटाका भएको बताईएको छ।