नवनियुक्त प्रधानमन्त्री ओली संगै सपथ लिने यी हुन् एमालेका आठ मन्त्री

सोमबार, असार ३१, २०८१

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ओली संगै एमालेका ८ र कांग्रेसका मन्त्रीले सपथ लिंदैछन्। 

नेकपा एमालेले मन्त्री बन्ने ८ जनाकाे नाम टुंगो लगाएको छ। गएराति तीन बजे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्। 

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदैछन्। त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको शपथ लिँदैछन्।

यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्