ईलाम-२ मा एमालेका सुहाङले ११ हजार कटाउँदा रास्वपाका मिलन १५ सयमै रोकिए 

सोमबार, वैशाख १७, २०८१

इलाम–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म ११,०७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७३२४ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६९०१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १५१२ मत प्राप्त गरेका छन् ।
हालसम्म २७ हजार ८७५ मत गणना गरिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्