ओली प्रधानमन्त्री बन्दा माधव भाउन्न, सपथ नै गरिदिए वहिष्कार

सोमबार, असार ३१, २०८१

एमाले अध्यक्ष केपी ओली आईतबार प्रधानमन्त्री नियुक्त भएर आज सपथ लिएका छन्। उनको सपथ समारोहलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भाउ नदिएर बहिष्कार गरिदिएका छन्। 

शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी भएनन्। ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुग्दा नेपाल भने शीतल निवास पुगेनन् । नेपाल तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने योजनामा थिए । तर, दाहाल सरकार ढलेर ओली सरकार बनेपछि माधवको प्रधानमन्त्री बन्न सपना तत्काललाई ब्रेक लागेको छ ।

ओली प्रधानमन्त्री बन्दा माधव बेचैन भएको स्वयम् समाजवादीकै नेताले बताएका छन्। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्