आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, यस्तो छ सूची

सोमबार, असार ३१, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रो, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको छ।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ।

मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० पुगेको छ।

petrol_F37BMSciIu-1721057839.jpg
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्