सत्ता बाहिर पुगेपछि प्रचण्डले समाजवादी मोर्चामा धार लगाउने

आजै डाकियो बैठक 
मंगलबार, साउन १, २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि निर्माण गरिएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

यसअघि मोर्चामा समावेश उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्