सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने प्रष्ट चित्र देखिएपछि एमाले सचिव योगेश भट्टराईको बालकोट आउजाउ बाक्लियो। हुन त त्यो भन्दा अगाडी पनि उनी आउजाउ गर्थे। जसै ओली प्रधानमन्त्री बन्ने चित्रले आकार लियो त्यसपछि भट्टराई उनको क्याबिनेटमा त्यो पनि मालदार मन्त्रालय पड्काउँन हमेशा लागि नै रहे।
प्रधानमन्त्री रहेका प्रचण्डले विश्वासको मत लिने क्रममा सदनमा पार्टीगत धारणा राख्ने क्रममा ओलीले तिनै भट्टराईलाई बोल्ने अवसर दिए। कांग्रेस बाट रमेश लेखकले बोलेपछि भट्टराईको पालो आयो। रमेश देउवाको विश्वास पात्र भएर मात्र होइन कांग्रेस प्रमुख सचेतक भएर बोले तर भट्टराई प्रमुख सचेतक होइनन्।
ओलीले सदनमा बोल्न दिए पछि भट्टराई ओली क्याबिनेटमा मन्त्री बन्छन भन्नेमा एमालेजन मात्र होइन अन्य पार्टीकाले पनि लख काटे। देउवाले लेखकलाई गृहमन्त्री बनाउने समाचार आउँदा भट्टराई संचार मन्त्री बन्ने समाचार आएकै थियो र सोही बमोजिम भट्टराई संचार मन्त्री हुन्छन भन्ने बुझाई सबैको थियो। अझ भट्टराई त नयाँ दौरा सुरुवाल सिलायर तयारी अबस्थामै थिए।
ओली आफै भट्टराई प्रति सकारात्कम चाँही थिएनन्। बाहिर बाहिर चाँही ठिक्क पारे जस्तो गरेर भित्र भित्रै सवक सिकाइदिने चालामाला ओलीको थियो तर योगेश चाँही मलाई केपी कमरेडले विश्वास गर्न थाल्नु भयो भनेर निकटका लाई सुनाउने गर्थे। नभन्दै अन्तिममा आएर ओलीले योगेशलाई देखाईदिए।
दश भाई मध्येका उम्दा योगेश पार्टी विभाजन पूर्व ओलीको उछितो काढ्थे। समयक्रममा उनै ओलीको तारिफ गर्न थाले। ओलीले उही बेला योगेशलाई बैगुनी केटोको उपमा पनि दिए। योगेशको स्वभावका बारेमा जानकार ओलीले उनलाई प्रयोग गर्दै आए र उनको पयोगिता नदेखेर अहिले मन्त्री नबनाएको ओली र योगेश दुबैलाई बुझेकाले टिप्पणी गर्न थालेका छन्।
हुन त योगेशलाई ओलीले मन्त्री बनाउने भित्रि छेकछन्द नै थिएन। बाहिरी कुराले मात्र उनी मन्त्री बन्लान भन्ने संकेत देखिएको हो। ओली सँग हिमचिम भएका एक नेताले बताए। योगेशलाई ओलीले तुलोमा जोखेरै मन्त्री नबनाएको पाईएको छ। ताप्लेजुङ्ग बाट निर्वाचित योगेशले चन्द्र ढकालको पाथिभरा केबलकार निर्माणको ठेक्का लिएको विषयलाई लिएर ओलीले उनी माथि छड्के हानेका थिए। जहाँ योगेश फेल भए।
पाथिभरामा केबलकार बनाउन नदिन एउटा समूह बिरोधमा उत्रियो। त्यसलाई सहजीकरण गरिदिन चन्द्र ढकालले योगेश सँग संवाद अगाडी बढाए। ढकाल र भट्टराई बीच कुराभयो र त्यो सबै मिलाउने जिम्मा योगेशले आन्तरिक रूपमा लिए। यसको सबै सूचना ओलीलाई पनि पुग्यो। ठूलो आर्थिक पाटो पनि जोडिएको विषय जब ओलीले बुझे अनि गुप्तरुपमा त्यसको जांचबुझ गरे। सबै तथ्य पत्ता लागेपछि आफ्नै पाराले योगेश सँग घुमाउरो बयान लिए,बयानमा योगेशले पूरापूर छलछाम गरेको फेला पारेपछि ओलीले थप केही भनेनन्। यो तीन चार महिना अघिकै कुरा थियो।
जब ओली प्रधानमन्त्री बन्ने पक्कापकी भयो अनि योगेशले केहीलाई ओली कहाँ आफ्नो कुरा गर्न पठाए। त्यो टोली सँग ओलीले योगेशलाई मन्त्री बनाईहाल्नु नि तर त्यो चन्द्र ढकालले पो केही भन्या छैन मात्र भनिदिए। ओलीले यसो भन्नुको पछाडी योगेश-चन्द्रको हिमचिम कुन तहको हो भन्ने बुझ्नु र थप तथ्य पत्ता लगाउनु थियो र प्रमाणीकरण गर्नु पनि थियो। ओलीले योगेशलाई मन्त्री बनाउन ढकालको सिफारिश कोजेको भोलिपल्टै चन्द्रले ओली भेट्न समय मागे। ओलीलाई भेटेर जुन दिन ढकालले योगेशको कुरा गरे त्यहि दिन योगेशको मन्त्री बन्ने योजनामा ब्रेक लागेको बालकोट श्रोतको भनाई छ।