प्रधानमन्त्री ओलीले कहिले लिन्छन् विश्वासको मत ?

मंगलबार, साउन १, २०८१

प्रधानमन्त्री केपी ओलीले सुरैले विश्वासको मत लिने भएका छन्। साउन ६ गते संसद्मा विशेष सम्बोधन गर्ने तयारी गरेका ओलीले मध्ये साउन घर्किएपछि मात्र विश्वासको मत लिने संकेत गरेका हुन्। 

प्रधानमन्त्रीको शपथ खाएकै दिन ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । सरकारमा सहभागी दलहरु चार वटा छन् । प्रधानमन्त्री ओलीलाई सरकारमा सहभागी नहुने दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहने बुझिएको छ ।

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेबीच सहमति भएकोले साना दलहरुले पनि वर्तमान सरकारसँग सहकार्य गर्ने भएका हुन् । जसपा, नेपाल र जनमत पार्टीले भने सरकारमा सहकार्य गर्न चाहेका थिए । तर, प्रधानमन्त्री ओलीले अशोक राई नेतृतत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबाहेक अरु दललाई सरकारमा सहभागी हुने च्याप्टर नै क्लोज गरिदिएका छन् ।

जसपा, नेपाल र जनमत सरकारमा सहभागी हुन नपाएको कारणले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनपनि सक्ने चर्चा चलेको छ । तर, प्रधानमन्त्री ओली भने विश्वासको मत लिने बेलासम्म दुई तिहाईभन्दा बढिको समर्थन जुटाउनेगरि आन्तरिक छलफलमा जुटेका हुन् । अहिले प्रधानमन्त्री ओलीसँग कांग्रेस ८८, एमाले ७८, जसपाको ७ र लोसपाको ४ गरी १७७ पुगेको छ ।

अहिले सरकरामा भएका दलहरुको संसद्को संख्या जोड्दा दुई तिहाईको लागि ७ जनाको कमी हुन्छ । प्रधामन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे जसपा, नेपाल र जनमत पार्टीभित्र दुई मत रहेको बुझिएको छ । दुवै दलका नेतृत्वकर्ताहरु यतिवेला पर्ख र हेरको अवस्थामा छन् । तर, दुई तिहाई मत पुर्याएर मात्र ओलीले विश्वासको मत लिने भनेका छन्। प्रधानमन्त्री नियुक्त भएको तीस दिन भित्र विश्वासको मत लिने पर्ने संवैधानिक व्यबस्था छ। 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्