प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनले केलाए ७७ वर्षे ईतिहास 

बुधबार, साउन २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए ।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन् । अमेरिका ओली सरकारको पक्षमा खुलेर लागेको छ। 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्