ओलीले तात्तातै विश्वासको मत लिने, आईतवारलाई जुर्यो साईत

बुधबार, साउन २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।   

असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका प्रधानमन्त्री ओलीले असार ६ गते विश्वासको मत लिने साईत जुराएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाएर विश्वासको मत लिने दिन तोकिएको हो। बिस्तारै विश्वासको मत लिने बताएपनी ओलीले तात्तातै विश्वासको मत लिने भएका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्