आज पनि नेप्से उकालै लाग्यो, कारोबार चाहिँ कति भयो ?

बुधबार, साउन २, २०८१

बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । परिसूचक ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ अकंमा पुगेर बन्द भएको छ ।

बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

२०४ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य भने घटेको छ । सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

बुधबार बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक समूह ४.०९ प्रतिशत, फाइनान्स समूह ५ .५० प्रतिशत, होटल तथा पर्यटन समूह ५.५५ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, लगानी समूह १.५३ प्रतिशत, जीवन बीमा समूह २.१८ प्रतिशत, म्यानुफ्याक्चरिङ समूह ३.०२ प्रतिशत, लघुवित्त समूह १.८४ प्रतिशत बढेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्