ओलीले अघिल्ला महान्यायाधिवक्तालाई गरे सिफारिस, राष्ट्रपतिले दिए नियुक्ति

बुधबार, साउन २, २०८१

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार नियुक्त गरेका हुन्।  

बडाललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको राष्ट्रपति पौडेलको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बडाल काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी हुन्। उनी यस अघि ओली प्रधानमन्त्री हुँदा पनि महान्यायाधिवक्ता थिए।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्