सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला सङ्घको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्। महिला सङ्घले टोखा नगरपालिकास्थित धापासीमा निर्माण गर्न लागेको केन्द्रीय कार्यालय मङ्गलादेवी भवनको आज शिलान्यास गरेका हुन्।
शिलान्यासपछि सभापति देउवाले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवन तोकिएकै सममयमा निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे। “मैले भन्ने गरेको छु, कुनै पनि योजना शिलान्यास गरेर छाड्न हुँदैन, त्यसलाई पूरा गर्नुपर्छ । मङ्गलादेवी सिंहको नाममा बन्न लागेको यो भवनको निर्माण छिट्टै सम्पन्न गर्नुस्, यसमा सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग आवश्यक छ”, उनले भने। पूर्वप्रधानमन्त्री देउवाले मङ्गलादेवी सिंह गणेशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा एउटा संस्था भएको बताए। उनले मङ्गलादेवी सिंहका नाममा भवन शिलान्यास गर्न पाउनु ठूलो आफ्ना लागि पनि गौरवको कुरा भएको बताए सिंह नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।