सोसल मिडिया
युनिकोड
प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ। अहिलेसम्मको मत परिणामअनुसार त्यहाँ सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म ११ हजार ७८ मत प्राप्त गरेका छन्।
रोचक कुरा के छ भने माई नगरपालिकाको मत गणना भइरहँदा मुढा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम नेपाली कांग्रेसका डम्बर खड्काभन्दा अघि लागेका छन्।
माई नगरपालिका वडा नम्बर ६ को मत गनिसक्दा थेगिम ७ हजार ४५२ मतसहित दोस्रो स्थानमा उक्लिएका हुन्। यसअघि उनी लगातार तेस्रो स्थानमा थिए। तेस्रो स्थानमा झरेका कांग्रेसका डम्बर खड्काले अहिलेसम्म ७ हजार ३२४ मत पाएका छन्। यसअघि उनी दोस्रो स्थानमा थिए।