सोसल मिडिया
युनिकोड
महिला उद्यमी अम्बिका श्रेष्ठको निधन भएको छ।
काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी अध्यक्ष श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत थिइन्।
भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढेकी थिइन्। उनले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी थिईन। नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमानको मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएकी हुन्।
सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन्। उनले हिमाल मिडियाको पनि सञ्चालक अध्यक्ष भएर काम गरिन। त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उनी आबद्ध रहेकी थिईन।