लेखक गृहमन्त्री भएपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे नियुक्त

शनिबार, साउन ५, २०८१

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरेलाई मनोनीत गरेका छन्  । 

सिन्धुली-१ बाट निर्वाचित घिमिरे कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रमुख सचेतकको पत्र बुझेका घिमिरेले जिम्मेवारी सम्हालेका छन्। 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्