सोसल मिडिया
युनिकोड
चौथो कार्यकालका लागि काम थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तर्साएर नतिजा निकाल्ने संकेत देखाएका छन्।
प्रधानमन्त्री ओली र घिसिङबीच भएको टसल सतहमै आएको छ। लामो समयदेखि उद्योगीहरुसँग कुलमानको विवाद कायमै थियो। कुलमानले अनावश्यक ब्यापारी पेलेको बुझाईमा रहेका ओली तिनै कुलमानलाई ठेगान लगाउन चम्किएका छन्।
डेडिकेटेड लाईनको विद्युत महशुसल उठाउने सवालमा कुलमान कठोर रुपमा प्रस्तुत हुँदै आएका छन् । तर, उद्योगी व्यवसायीहरुले यसअघि प्रधानमन्त्री नबनेको अवस्थामा पनि एमाले अध्यक्षको हैसियतमा ओलीसँग गुहार मागेका थिए । अहिले ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उद्योगीहरुले आफूहरुको लाईन तत्काल जोडिदिन आग्रह गरेका थिए ।
उद्योगीहरुको मर्का सुनेका प्रधानमन्त्री ओलीले तत्काल उनीहरुको उद्योगमा लाइन जोड्न निर्देशन दिएका थिए । कुलमानलाई आफ्नो च्याम्बरमा बोलाएर निर्देशन दिँदापनि उक्त निर्देशनको पालना नभएको चर्चा सुरु भएको छ । विशेष स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा उद्योगमा हिजो (शुक्रबार) नै लाइन जोडिदिन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीको निर्देशमा प्राधिकरणको सञ्चालक समितिका अध्यक्षसमेत रहेका उर्जामन्त्री दिपक खड्काले साँझै बोर्ड बैठक डाकेका थिए । उर्जामन्त्री खड्कापनि उद्योगमा तत्काल लाईन जोड्नुपर्ने पक्षमा छन् ।
मन्त्री खड्काको अध्यक्षतामा बसेको बोर्ड बैठकमा प्राधिकरणका एमडी घिसिङले पुनः लाइन जोडिदिने लिखित पत्र चाहिने अड्डी लिए । जसको कारण आजसम्म पनि उद्योगमा लाईन जोडिएको छैन् । यो विवाद उत्कर्षमा पुग्ने क्रममा अब कुलमानको राजीनामा माग्न सकिनेबारे अहिलेदेखि नै चर्चा चलेको छ ।
हुन पनि कुलमान प्रति एमाले कहिल्यै सकारात्मक छैन। एक पटक हटाएर फेरी ल्याईएका कुलमानलाई फेरी थान्को लगाउन ओली स्वयमले तत्परता देखाएका छन्। माओवादीको लिगेसी बोकेका कुलमान राप्रपा नेता बुद्दिमान तामांगका छोरी ज्वाईं हुन्। तामांगले केही सहजीकरण गर्न खोजेपनि पार लाग्ने संकेत देखिएको छैन। राप्रपाले यहिमेसोमा ओलीले भोलि लिने भने बिश्वासको मतका विपक्षमा राप्रपा खडा हुने बुझिएको छ।
हुन त कुलमानले अनियमितता गरेको सम्भावित विषयलाई अख्तियारले मिहिन ढंगले छानबिन गरिरहेको छ। माओवादी भित्रको एउटा तप्का कुलामानको विपक्षमै छ। त्यसैलाई समेत ध्यान दिएर ओली उनलाई गोर्खेलौरी लगाउने तहमा पुगेका छन्। उच्च श्रोतका अनुसार केही महिना भित्रै अख्तियारले कुलमान विरुद्द विशेष अदालतमा मुद्दा दायर गर्दैछ।