सोसल मिडिया
युनिकोड
नेपाल सरकारका सचिव सुरेश अधिकारी आजबाट सेवा निवृत्त भएका छन् । नेपाल बहुदलीय व्यवस्थामा जानु भन्दा चार वर्ष अघिदेखि सरकारी नोकरी थालेका उनको आज उप्रान्त घरमै बसाई हुने भएको हो।
तोयानारायण ज्ञवाली र तोयम राय सहित बढुवा सिफारिसमा एक नम्बरमा परेका उनी २०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका थिए। राया महलेखापरिक्षक नियुक्त भइसकेका छन् ।
निजामती प्रशासनमा उति विधि दाग नलागेका उनले पाँच वर्षे सचिवको कार्यकाल भने कोशी प्रदेश प्रमुख सचिव हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताए । आज त्यही शिक्षा मन्त्रालयले अधिकारीको बिदाई गर्दैछ। सुरेशले अवकाश पाएपछि मधेस प्रदेशका कायममुकायम प्रमुख सचिव लोकनाथ पौडेलको सचिव हुने पालो आएको छ। पौडेलपछि वाग्मती प्रदेशका कामु प्रमुखसचिव गोविन्द कार्की सचिव बढुवा हुनेछन् ।