सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।
विश्वासको मत प्रयोजनका लागि भएको प्रस्तावको पक्षमा १८८ मत परेको छ भने हुन्न भन्ने पक्षमा जम्मा ७४ मत परेको छ। जम्मा २६३ उपस्थित सांसदमध्ये तटस्थ रही मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको छ।
नेपाली कांग्रेससँगको सहमतिपछि असार २८ गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आइतबार मत लिएका हुन्। अर्को बैठक भोलि बस्नेगरी सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका छन्।
सत्ता पक्षकै सांसद मध्ये एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी र देवराज घिमिरे सभामुख (निर्णायक) भएका कारण विश्वासको मतविभाजनमा सहभागी भएनन्। एमालेकै अर्का सांसद बसन्त नेम्वाङ स्वास्थ्यका कारण विश्वासको मत दिन संसद पुग्न सकेनन्। कांग्रेसका सांसद बिनोद चौधरी दिल्लीमा भएका कारण उनले पनि विश्वासको मत दिएनन्।