सोसल मिडिया
युनिकोड
तराई मधेश लोकतान्तिक पार्टी गठन गर्दैका वखतदेखि महन्थ ठाकुरलाई साथ् दिंदै आएका सर्वेन्द्रनाथ शुक्ल ओली सरकारमा मन्त्री बन्ने लगभग पक्का थियो। तमलोपा हुँदै लोसपा हुँदा सम्म धेरैले ठाकुरलाई ठक्कर दिएपनि सर्वेन्द्रले महन्थलाई साथ दिएका कारण पनि उनै मन्त्री बन्छन भन्नेमा धेरैको अड्कल पनि थियो।
अझ अघिल्लो पटक शरदसिंह भण्डारी मन्त्री भएकाले अब उनैको पालो पनि थियो। तर अन्तिममा भण्डारीले मन्त्री पड्काए पछि सर्वेन्द्र रमिते मात्र हुन पुगे र महन्थलाई रमिता देखाउन पार्टी विभाजन सम्मको चित्र बनाए। यो सबै थाहा पाएपछि ठाकुर उनलाई फकाउन लागिपरेका छन्।
मन्त्री काण्डले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । नेता शुक्लाले दल विभाजन गर्नेगरि मुभ गरेपछि अध्यक्ष ठाकुर तनावमा छन् । उनी पार्टी विभाजन रोक्नेगरि नेता शुक्लालाई फकाउन सक्रिय छन् । ठाकुरले शुक्लासँग शनिवार तीन घण्टा लामो छलफल गरेको स्रोतको दाबी छ । शुक्लाको निवासमा भएको भेटमा तत्काल अप्रिय कदम नचाल्नको लागि ठाकुरको आग्रह रहेको थियो । आज मात्र पनि ठाकुरले शुक्लालाई फकाएका छन्।
कुनै तत्वले काम गरे अर्कै कुरा नत्र शुक्लाले पार्टी विभाजन गर्ने लोसपाकै एक नेताले बताए। भण्डारी विजय गच्छेदारको पार्टी विभाजन गर्दै आफै पार्टी खोलेर महन्थ संग जोडिएका पात्र हुन्।