ईजरायलमा थप १२ कामदार पठाईने, मन्त्री र राजदूतले गरे सहमति

सोमबार, साउन ७, २०८१

इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो ।

गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो ।

अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्