सोसल मिडिया
युनिकोड
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) सहमति जुटाउन गठित कार्यदलले सक्रियता जनाएको छ। कार्यदलको बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेपछि बसेको बैठक अहिले पनि जारी छ। यसअघि भएका पटकपटकका बैठकमा दलहरुबीच टीआरसीमा सहमति जुट्न सकेको छैन।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि कार्यदालको बैठक बसेको हो। टीआरसी विधेयक संसदमा विचाराधीन अवस्थामा छ। उक्त विधयेकलाई अगाडी बढाउन प्रधानमन्त्रीले चासो दिएका छन्। उता, माओवादी भने शसंकित बनेको छ।
टीआरसी विधेयकलाई टुंगोमा पुर्याउन आवश्यक सहजीकरणका लागि नेकपा एमालेका मूख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक (हाल गृहमन्त्री) र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्मा रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो