हिजो जति थ्यो आज पनि उति नै छ सुनको दाम

मंगलबार, साउन ८, २०८१

आज बजारमा सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्