सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड संग ज्यादा हिमचिम भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रचण्ड संगको हिमचिम भंग भएको छ।
गत वर्ष असार ४ गते समाजवादी मोर्चा घोषणा हुँदा सदस्य रहेको जनता समाजवादी पार्टीका अध्यक्ष यादव एक वर्षमै मोर्चाबाट बाहिरिएका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो। तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा हुन्जेल निष्क्रिय यो मोर्चा अहिले सक्रिय हुँदा उपेन्द्र यादव भने बाहिरिएका छन्।
उपेन्द्रले समाजवादी मोर्चा छोडेनन् मात्रै उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा उभिएका छन्।
यही असार ३० गते ओलीले सरकारको नेतृत्व लिए। तर गत वैशाख २३ गते पार्टी फुटाइदिएपछि प्रचण्डसँग रुष्ट यादवले त्यसबेलैदेखि समाजवादी मोर्चा छाडिसकेका थिए। त्यसयता यादवले मोर्चाको कुनै कार्यक्रममा भाग लिएनन्। यादव मोर्चामा नरहेको पुष्टि माओवादी केन्द्रका महासचिव देव गुरुङले गरेका छन्।
‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’
जसपा अध्यक्ष यादव समाजवादी मोर्चा नाममात्रैको भएकाले यसबारे चर्चा गरेर समय बर्बाद गर्नुको अर्थ नहुने बताउँछन्।
‘समाजवादी मोर्चाको कुनै तुक छैन। खाली चर्चाका लागि मात्रै भयो। विचार, सिद्धान्त र नीति, विधि नमिलेसम्म के को मोर्चा र एकता ?’, यादव प्रश्न गर्छन्, ‘प्रचण्डजीले पूर्वमाओवादीलाई त एकै ठाउँमा ल्याउन सक्नु भएको छैन। बरु फुटेका छन् उहाँकै कारण।’
नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई समाजवादी मोर्चामा छैनन्। यादवले मोर्चामा भट्टराई नभएको प्रसंग निकाल्दै भने, ‘प्रचण्डजी आफ्नो चक्रब्यूहमा आफैँ फस्नुभएको छ। बाबुरामजीलाई हेर्नु न, यस्ता मान्छे (प्रचण्ड) सँग सजग हुनुपर्छ।’
उपेन्द्रले प्रचण्ड संग मुद्दा मिल्ने भन्दै विगतमा साथ् दिंदै आएका थिए। तर अहिले यादव ओली संग मिल्नुमा हित हुने देख्नेर त्यतै लागेका छन्। प्रचण्डलाई आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ घाँडो भएका छन्।
जे चिजमा पनि भाग खोजेर हत्तु पारेपछि प्रचण्डले काजीलाई अलग हुने प्रस्ताव गरेको श्रोतको तर्क छ।
स्रोतका अनुसार सरकारबाट बाहिरिएर भर्खरै खुमलटार सरेका निवर्तमान प्रधानमनत्री रहेका प्रचण्डले दोस्रो वरियतामा रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई सहमतिमै आआफ्नो बाटो लाग्न चुनौती दिएका हुन्। प्रचण्ड निवासमा दुई नेताबीच भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई सल्लाहमै अलग हुने प्रस्ताव राखेको स्रोतको दाबी छ।
‘तपाईं (श्रेष्ठ) जहिल्यै पनि भागबण्डा र हिस्सेदारी खाज्ने, पार्टी निर्माणमा ध्यान नदिने, गलत कार्यको दोषारोपण नेतृत्वमाथि लगाउने, राम्रो कामको जस आफैंले लिने अब यस्तै हो भने सहमतिमै आआफ्नो बाटो लागौं।’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति पछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कुनै प्रतिक्रिया नदिएर त्यहाँबाट बाहिरिएको स्रोतले बतायो।
स्रोतका अनुसार पछिल्लो समय माओवादीमा श्रेष्ठ नेतृत्वको पूर्वएकताकेन्द्र समूहका अधिकांश नेताहरुलाई प्रचण्डले आफ्नो पक्षमा ल्याएर उनलाई एक्ल्याएका छन्। सबैलाई आफ्नो पक्षमा ल्याउन सफल भएपछि प्रचण्डले श्रेष्ठलाई पार्टी छाडेर गएपनि फरक नपर्ने भन्दै धम्क्याउन थालेका हुन्।
पूर्व एकताकेन्द्र समूहका उपमहासचिव रहेका गिरिराजमणि पोखरेल, सचिव लिलामणि पोखरेल र उनकी श्रीमती शशि श्रेष्ठ लगायतका नेताहरु अहिले प्रचण्डकै पक्षमा आइसकेका छन् भने अमिक शेरचनलाई प्रचण्डले दुई पटक प्रदेश प्रमुख बनाएर आफ्नो बशमा यस अघि नै ल्याएका हुन्।
श्रेष्ठ समूहका नेता कार्यकर्तालाई आफ्नो पक्षमा तानेर उनलाई एक्ल्याए पछि प्रचण्डले आफ्नो बाटो लाग्न चुनौती दिएको माओवादी स्रोतको दाबी छ। पार्टीमा आफ्नो प्रतिस्पर्धीलाई एक्ल्याएर किनाराकृत गर्ने प्रचण्डको पुरानै प्रवृत्ति हो। अहिले फेरि त्यही रणनीति अनुरुप श्रेष्ठलाई एक्ल्याएर आफ्नो एकल बर्चस्व कायम गर्ने दाउमा छन्।
प्रचण्ड संग बस्नु भन्दा बरू ओशो तपोवनका आनन्द अरुणको संगतमा बस्दा फाईदा हुने भन्दै काजीले पनि मन खुम्च्याएको श्रोतको दाबी छ।