सोसल मिडिया
युनिकोड
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
यस्तै, मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्रीले पनि पदको शपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालय तोकिएको छ । मन्त्रीको शपथ लिनेमा नेपाली कांग्रेसबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की छन् ।
यस्तै, एमालेका रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्माले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएको छैन । कांग्रेस–एमालेबीच मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका हुन् ।
आइतबार मुख्यमन्त्रीमा नियुक्त आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।