उपराष्ट्रपतिलाई भियतनामका राजदूतले किन भेटे ?

सोमबार, वैशाख १७, २०८१

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको थियो।

 उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

 भेटमा भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्