सोसल मिडिया
युनिकोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए। दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको स्रोतले जनाएको छ। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एन एएमई÷सीआरजे २०० कलसाइनको जहाज मर्मतका लागि पोखरा उडेको थियो। तर उडेलगत्तै दुर्घटनामा परेको हो।
विमानस्थलको रनवे ०२ बाट उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। प्रहरीका अनुसार १३ जनाको शव फेला परेको छ ।
जहाजमा सवारहरूको नामावली