सौर्यको दुर्घटनाग्रस्त जहाजबाट निकालियो शव, यी हुन् ज्यान गुमाउनेहरू

बुधबार, साउन ९, २०८१

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

उनीहरू सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेको प्रहरीले जनाएको छ ।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

शवहरू टिचिङ्ग अस्पताल लगिएको छ। 

451686667_1185815532606548_1191142348067588011_n-1-768x1194-1721804239.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्