सौर्य एयरलाइन्सको विमानका पाइलट भेट्न प्रधानमन्त्री अस्पताल पुगे

बुधबार, साउन ९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका  पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको थियो ।

बुधबार राति अस्पताल पुगेर ओलीले चिकित्सकसँग शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ ।

प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए । प्रधानमन्त्री ओली शाक्यकै ज्वाई हुन्। 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्