भाजपाका कोषाध्यक्षलाई परराष्ट्रमन्त्री आरजुले किन डाकिन् नेपाल ?

बिहीबार, साउन १०, २०८१

निजी भ्रमणको बहानामा भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज काठमान्डौ ओर्लिने भएका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अति विश्वासिला पात्र हुन्। निजी भ्रमण भनिएपनि उनले यहाँका उच्च तहका नेता संग कानेखुसी गर्ने भएका छन्। 

अग्रवालले सत्तापक्षका र विपक्षका सबैलाई भेट्ने कार्यक्रम तय भएको छ। अघिल्लो प्रचण्ड सरकार ढलेको दुई साता नबित्दै भारतीय सत्तारुढ दलको उच्च तहका नेता यहाँ आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रचण्डको निरन्तरता चाहेको भारतले ओली सरकारलाई खासै नरुचाएको भन्ने एकाथरीको चर्चाका बीच अग्रवाल यहाँ आउनु र उनलाई कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणाले निमन्त्रणामा गर्नुको खास अर्थ रहेको बताइञ्छ। अग्रवाल उत्तरप्रदेशमा छ पटक सांसद र केही पटक मन्त्री भएका प्रभावशाली नेता हुन्। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्