आफ्नै दुई सांसदले देखाईदिने भनेपछि माधवको उड्यो होस हवास, के फुट्दैछ पार्टी ?

बिहीबार, साउन १०, २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल सुरु गरिएको टिप्पणी गरेका छन् । पार्टीको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको भन्दै चनाखो भएर बस्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनले कस्तो षड्यन्त्र भनेर खुलाएका छैनन् । तर, यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बागडोर सम्हालेका छन् । ओली प्रधानमन्त्री भएदेखि नै माधव नेपाल सशंकित छन् । उनी प्रधानमन्त्री ओलीले शक्तिको दुरूपयोग गरेर आफ्नो पार्टी नै फुटाईदिने हुन् कि भनेर चिन्तित हुन थालेको चर्चा सुरु भएको छ ।

माधवको पार्टीमा आधा दर्जन सांसदहरु जुनसुकै बेला पार्टी छोड्न तयार रहेको सूचनाहरु प्रवाह भैरहेको बेलामा अध्यक्ष स्वयमको मुखबाट पार्टीविरुद्ध षड्यन्त्र हुन लागेको भन्ने अभिव्यक्ति आएपछि अरु नेताहरुपनि चिन्तित छन् । खासगरी सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर र अम्मर थापालगायत पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको बताईएको छ ।

अध्यक्ष नेपालसँग अहिले प्रेम आले र किसान श्रेष्ठको त बोलचाल नै बन्द भएको बताईएको छ । कतिसम्म भने अध्यक्ष नेपालले फोन गरेर बोलाउँदासम्म यी दुई सांसद पार्टीको बैठकमा उपस्थित् हुन छाडेका छन् । उनीहरुले पनि आफूनिकट नेताहरुसँग माधव नेपाललाई चाँडै देखाईदिने धम्की दिन थालेका छन् ।

माधव नेपालका असन्तुष्ट सांसदहरु कानूनी प्रवन्ध मिल्यो भने तत्कालै पार्टी छाडेर एमालेमा फर्कन राजी छन् । उनीहरुसँग प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेल निरन्तर सम्वादमा रहेको स्रोतको दाबी छ । सांसदहरूमा माधव नेपाल र मेटमणी चौधरी बाहेक अरू सबै एमालेमा मिसिन राजी भएको श्रोतको दाबी छ। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्