प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को नियमित बैठक

बिहीबार, साउन १०, २०८१

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरि उनले बैठक डाकेका हुन्। 

त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो। 

आज बस्ने नियमित बैठकले केही राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत नियुक्तिको सिफारिश गर्ने बुझिएको छ। त्यस्तै केही मन्त्रालयका सचिवको सरुवा पनि गर्ने छ भने केही सह सचिवको समेत सरुवा हुने श्रोतको दाबी छ। 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्