प्रधानमन्त्री ओलीले माधव नेपाललाई आजै बाट उल्टो उपहार दिन थाल्ने

बिहीबार, साउन १०, २०८१

प्रधानमन्त्री केपी ओलीको निशानामा माधव नेपाल पर्न थालेका छन्। किस्ताकिस्तामा माधव नेपाललाई झटारो हान्न ओलीले रणनीति नै तयार पारेका छन्। 

नेपालका बहिनीज्वाइँ कैलाश पोखरेललाई अस्ट्रेलियाको राजदूतबाट फिर्ता बोलाएर उनले एक झट्का हान्ने भएका हुन्। पहिलो झड्का आजै हान्ने बुझिएको छ। अस्ट्रेलियाको राजदूतबाट पोखरेललाई आजैको क्याबिनेटले फिर्ता बोलाउने छ ।

२०७८ चैतमा अस्ट्रेलियाको राजदूत बनेका नेपालमा सहोदर बहिनीज्वाइँ पोखरेल नेपाल सरकारको सहसचिवबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनी राजस्वका क्याडर हुन् । माधवकुमार नेपालकै बहिनीज्वाइँ भएका कारण पोखरेलले अस्ट्रेलियाको राजदूत बन्ने सौभाग्य प्राप्त गरे ।

ओलीले माधवको पार्टीमै खलबल ल्याईदिएका छन्। अहिले माधव संग उक्त पार्टीका हस्ती सांसद प्रेम आले र किसन श्रेष्ठको बोलचाल छैन ती दुवै सांसद ओलीको सोझो सम्पर्कमा छन्।  माधव स्वयमले पार्टी ओलीको निशानामा परेको सुनाईसकेका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्