‘बुद्धका मौलिक दर्शन’ प्रधानमन्त्रीले गरे सार्वजनिक

बिहीबार, साउन १०, २०८१

बौद्ध दर्शनमा विद्यावारिधि गरेका डा. अजय क्रान्ति शाक्यको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक विमोचन गरेपछि भिक्षु एवं अनगारिका गुरुमाँहरूमा संघदान गरिएको थियो ।

विमोचनपछि उनले बुद्ध धर्म अन्धविश्वास नभएर वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताए । उनले पुस्तकले बुद्धको चेतना विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

पुस्तकमा क्रान्तिले बौद्ध धर्म दर्शनानुसार जीवन के हो ? मानिस के हो ? यो भवचक्र किन चलिरहेको छ ? पूर्वजन्म भनेको के हो ? कर्म भनेको के हो ? लोभ, मोह, तृष्णा के हुन् ? जस्ता प्रश्नको सरल भाषामा जवाफ दिने प्रयास गरेको बताएका छन् ।

उनले ध्यानका विषयमा केन्द्रित बृहत् ग्रन्थ तयार गरेको र त्यसको पहिलो भागका रूपमा ‘बुद्धका मौलिक दर्शन’ पुस्तक प्रकाशित गरिएको उल्लेख गरे । दोस्रो भाग छिट्टै प्रकाशित गर्ने र यसमा नसमेटिएका विषय त्यसमा हुने क्रन्तिको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्