किशोरमाथि कसले गर्यो ठूलो स्वर ?

बिहीबार, साउन १०, २०८१

जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

संगठनको सचिवालय सचिव बताउने कपिल सीले साउन ८ गते मंगलबार बिहानफोन गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निन्दा गरेका हुन् ।

‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो’, महासंघका महासचिव पुरीले भनेका छन्, ‘पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग महासंघ माग गर्छ ।’

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्