सोसल मिडिया
युनिकोड
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
आज विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ । रमेश शहरी विकास मन्त्रालयका पूर्व सचिव हुन् । यस अघि पनि उनी सदस्य नियुक्त भएका थिए।
त्यस्तै, आरपी विच्छा, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।