लागुऔषध कारोबारी र प्रहरीको झापामा दोहोरो भिडन्त

सोमबार, वैशाख १७, २०८१

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्।

झापा गाउँपालिका–३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको थियो।

त्यसपछि पनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो। पक्राउ परेका कारोबारीबाट १३० ग्राम खैरो हेरोइन र एकथान खुकुरीसमेत बरामद भएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्