सोसल मिडिया
युनिकोड
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तले बुझ्ने क्रम आज पनि जारी रहने भएको छ । अहिलेसम्म ६ वटा शव परिवारको जिम्मा लगाइएकोमा बाँकी शव आज परिवारले बुझ्दैछन् ।
हिजो को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य र श्याम विन्दुकारको शव आफन्तले बुझेका थिए भने बाँकी शव आज बुझ्ने अस्पतालले जनाएको छ ।
परिवारले दिएको विवरणका आधारमा सबै शव पहिचान भएको अस्पतालले जनाएको छ । सौर्य एयरलाइन्सले पनि विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई कम्पनीका तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ । कम्पनीले पीडित परिवारजनलाई कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव सधैं रहने जिकिर गरेको छ ।
गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । पाइलट बाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो ।