सोसल मिडिया
युनिकोड
फिलिपिन्सको मनिलामा प्रवचन दिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आजै त्यता जाँदैछन्। प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी हुन उनी त्यता तर्फा हान्निने भएका हुन्।
एलायन्सको ब्रोडर कन्फरेन्समा सहभागी हुने यादवले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राख्ने बुझिएको छ । नेपालबाट राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस र जसपा नेपाल मात्र सो सम्मेलनमा सहभागी हुँदैछन् ।
उक्त एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह-सदस्य छ । यस पटकदेखि जसपा पूर्ण सदस्य बन्न लागेको छ । भारतबाट काँग्रेस आईलगायत चार दल उक्त एलायन्सको सदस्य छन् । सम्मेलनमा फिलिपिन्स र अष्ट्रेलियाका सत्ताधारी दलहरु पनि सामेल छन् ।
सोसलिष्ट इन्टरनेशनलमा दक्षिण अमेरिकी मुलुकका राजनीतिक दलहरुको बर्चश्व रहेपछि युरोपेली मुलकका राजनीतिक दलहरुले प्रोग्रेसिभ एलायन्स गठन गरेका हुन् । विशेषगरी यसमा जर्मन राजनीतिक दलहरुको चासो बढी देखिन्छ । उपेन्द्र त्यसका खास मान्छे पनि हुन्।