संचार सचिव हुँदा उपद्रो गरेका बैकुण्ठ अर्याल विशेष अदालतमा झुल्किए

आइतबार, साउन १३, २०८१

संचार मन्त्रालयको सचिव हुँदा उपद्रो गरेपछि भ्रष्टाचारको मुद्दा लागेर मुख्यसचिव हुँदा डामिएका निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा हाजिर भएका छ्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयानका लागि आज अदालतमा उपस्थित भएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ । उनलाई धरौटीमा रिहा गरिने सम्भावना छ। 

निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेका अर्यालमाथि सोही विषयको मुद्दा दायर भएको हो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ भने उनी मुख्यसचिव रहेको पदमा लिलादेवी गड्तौला नियुक्त भइसकेकी छन्।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्