सरकारमा गएका हारे मैले जितेँ भन्दै प्रचण्डले आफूले आफैलाई मारे धाप

आइतबार, साउन १३, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई गतिशिल बनाउने उद्घोष गरेका छन् । पार्टी मुख्यालय, पेरिसडाँडामा आज (आइतबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीलाई नयाँ रुपान्तरणसहित अघि बढाउने घोषणा गरेका हुन् ।

उनले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्नेगरि अघि बढ्नेबारे पार्टीभित्र गम्भीर छलफल चलिरहेको पनि सुनाए । उनले आफू सरकारको नेतृत्बाट विदा हुँदै गर्दा वा सरकार छोड्दै गर्दा विजेताको रुपमा निस्किएको स्मरण गराए । तर, सरकारमा जानेहरु हारेकोजसरी प्रवेश गरेको उनको भनाई छ ।

उनले भने,‘हामी जनतासँग जोडिएका छौं । हामी मुद्दासँग जोडिएका छौं । हामी हाम्रो वर्ग र समूदायसँग जोडिएका छौं । हामी सुशासन र सामाजिक न्यायको पक्षमा अनि आर्थिक विकासको पक्षमा गम्भीर पहल गर्दागर्दै सुशासनकै भय, डरको कारणले भ्रष्टहरु मिले भन्ने कुरा अहिले देशका बच्चाबच्चाले जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन विस्तार र सुदृढ गर्ने ठूलो आधार हामीलाई प्राप्त भएको छ । त्यसकारण हामी उत्साहका साथ संगठन निर्माण र सुदृढीकरणको अभियानमा आउँदैछौं ।’ 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्