सोसल मिडिया
युनिकोड
भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी मागेको छ ।
मुद्दा दायर भएको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको प्रवक्ता कार्की ले बताए ।
मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेपनि उनलाई ५० हजार धरौटी मागिएको हो । अर्यालका तर्फबाट पूर्व मन्त्री गोबिन्द बन्दी र पूर्वसचिव यादव कोईरालाले बहस गरेका थिए।