सोसल मिडिया
युनिकोड
केही दिन अघि चार उपसचिवको सरुवा गरेको सामान्य प्रशासन मन्त्रालयले थप २९ उपसचिवलाई यता र उता पारेको छ। प्रशासन समूह र प्राविधिक मिलाएर २९ को ठाउँ सारी गरेको हो। गृह मन्त्रालयका प्राविधिक उपसचिव मोहदत्त भट्टलाई प्रधानमन्त्री कार्यालय पुर्याउँदा सहरी मन्त्रालयका उपसचिव सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन्।
शहरी विकास मन्त्रालयका उपसचिव विजय रानाको गृह मन्त्रालयमा पुग्दा खानेपानी मन्त्रालयका जितेन्द्र प्रसाद शर्मा नजिकैको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्। श्रमका सृजन जोगिजुको खानेपानी मन्त्रालयमा सरुवा गरेर साटफेर गरिएको छ।
निरोज बहादुर भुजेललाई गृहबाट पारीपट्टी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा लगिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तुलसी राम पोखरेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना प्रविधि निर्देशक गोविन्दराम पनेरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर दुई भाईलाई कोशी धपाईएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्का र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रकाश प्रसाद पोखरेल कोशीका लागि रमाना हुने भएका हुन्। उनीहरुको काज सरुवा हो।
जाजरकोटको प्रजिअ चलाएर गृहमा थकाई मारेका उपसचिव सुरेश सुनारलाई गृह नजिकैको उर्जा मन्त्रालयको बाटो लाग्न भनिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव निर्मला न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाईएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजु कुँवरको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।त्यस्तै भूमि व्यवस्थाका उपसचिव रामकृष्ण अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ । महिला आयोगकी सीता निरौला फुयाँललाई महिला मन्त्रालय पठाईएको छ। महिला मन्त्रालयकी उपसचिव जमुना मिश्रको राष्ट्रिय महिला आयोगमा पुर्याएर सट्टाभर्ना गरिएको छ।
मन्त्रिपरिषद्को कार्यालयका उपसचिव गोविन्द प्रसाद घिमिरे युवा तथा खेलकुद मन्त्रालयमा पुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकाल राष्ट्रिय योजना आयोग पुगेका छन्। प्रशासन मन्त्रालयकी उपसचिव कविता फुयाँल पनि खेलकुदमै पुगेकी छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविता फुयाँल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव गोविन्द प्रसाद घिमिरेको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । रक्षा मन्त्रालयका उपसचिव केशर बहादुर पण्डित् श्रम मन्त्रालय पुगेका छन्। गृह मन्त्रालयका उपसचिव हुमनाथ पराजुली र स्वास्थ्यका बाबुराम घिमिरे पनि श्रममै पुर्याईएका छन्।
यता, योजना आयोगका उपसचिव नारायण खतिवडालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखेर निजामती कर्मचारी अस्पतालमा काजमा पठाईएको छ। शहरी विकास मन्त्रालयका डिल्लीराज श्रेष्ठलाई राष्ट्रिय योजना आयोग पठाईएको छ। सहरीकै नारायण मैनालीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव सुशीला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाईएको छ भने पशुपन्छी विकास मन्त्रालयकै उपसचिव कृष्ण प्रसाद शर्मा सुवेदीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरेश राज जोशीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा हुँदा गृह मन्त्रालयका उपसचिव रेवती रमण शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाईएको छ।