कानुन मन्त्रालयमा कुरो नमिलेपछि टीआरसी मिलाउन गृहमन्त्रालय रोजियो

सोमबार, साउन १४, २०८१

संक्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीवार बस्नेगरी सकिएको हो । 

बैठकपछि एमाले नेता महेश बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्नेगरी बैठक सकिएको बताए । 'मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौं,' उनले भने । 

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको  भनाइ छ । छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसद्‌को कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायत पनि सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्