सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

सोमबार, साउन १४, २०८१

नेपाली बजारमा सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको हो । 

आइतबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्