सोसल मिडिया
युनिकोड
आज बसेको क्याबिनेटले विभिन्न देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकले भारतसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको श्रोतको दाबी छ।
भारतको राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । शर्मालाई प्रचण्ड नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाउने निर्णय गरेको थियो ।
विभिन्न देशमा राजदूत सिफारिस भएकाहरुको पूर्ण सूची प्रवक्ताले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ती मन्त्रीको भनाइ छ । माओवादी र समाजवादीका तर्फ बाट राजदूत भएकालाई बोलाईएको छ। बाँकी रिक्त रहेका देशमा राजदूत सिफारिश गरिएको हो।
अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको छ । चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले २२ मन्त्रालयका सचिव र तीन जना प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । वाग्मतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
त्यसैगरी बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
राजदूत सिफारिश
भारत- शंकर शर्मा (यथावत) अमेरिका- लोकदर्शन रेग्मी बेलायत- चन्द्र घिमिरे चीन-कृष्णप्रसाद ओली दक्षिण कोरिया-शिवमाया तुम्बाहाङफे मलेसिया-नेत्र तिमिल्सिना पाकिस्तान-रिता धिताल पोर्चुगल-प्रकाशमणी पौडेल साउदी अरब- नरेशविक्रम ढकाल इजरायल- धनप्रसाद पण्डित दक्षिण अफ्रिका–कपिलमान श्रेष्ठ अस्ट्रेलिया-कान्ता रिजाल जर्मनी-डा. शैल रुपाखेतीको