सोसल मिडिया
युनिकोड
साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गर्यो। त्यो निर्णयपछि गड्तौलाले नेपालकै पहिलो मुख्यसचिव बन्ने सौभाग्य प्राप्त गरिन्।
प्रधानमन्त्री केपी ओलीको ईच्छाका भरमै उनलाई उक्त पद आईपरेको थियो। निजामति कर्मचारीको मूली पहिलो पटक महिला बनाएका उनै प्रधानमन्त्री ओलीले त्यसको चार दिन पछि आज असार १४ गते बसेको मन्त्रिपरिषद बैठकबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा राधिका अर्यालको सरुवा गराए। राधिका मन्त्रालयको इतिहासमा पहिलो सचिव महिला बनेकी छन् ।
सरुवा हुनुपूर्व उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव अर्यालले त्यस अघि लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर काम गरिन्।
सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमासरुवा भएको छ ।
अर्यालले सहसचिव रहदाँ उनले सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुख बनेर जिम्मेवारी सम्हालिसकेकी छन् । अर्याल गत कात्तिकमा सचिवमा बढुवा भएकी थिइन् । अर्याल निर्णय क्षमतामा काविल रहेको उनलाई बुझ्नेहरुको भनाई छ। २०२८ सालमा चित्रबहादुर के.सी. पहिलो संचार सचिव भएका थिए। संचार मन्त्रालय रोजाईमा पर्ने मध्येको मत्रालय हो।